युट्युबले तीन महिनाभित्र एक करोड १४ लाख भिडियो हटायो

११ भदौ ७७, बिहीबार
Share this
744shares

११ भदाै, वासिङ्टन।

Advertisement

भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेको ठहर गरिएका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याङ्कनका आधारमा ती भिडियोहरू हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरू हटाइएको हो ।

Advertisement

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरू मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरू हटाउनुपरेको कम्पनीको तथ्याङ्क छ ।

“समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

Advertisement

बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरू बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top