निषेधाज्ञामा अत्यावश्यकका नाममा अनावश्यक घुमफिर

११ भदौ ७७, शुक्रबार

११ भदाै, काठमाडौं ।

कोभिड-१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरुपमा सवारी साधन चलाउने देशभर नै भेटिएका छन् ।

कतिपय भने मास्क नै नलगाई हिँड्ने गरेको समेत पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकाले त्यसविरुद्ध थप कडाइ गरिएको उनले बताए । “निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि सहजीकरण गरिएको छ, यस्तो अवस्थामा अत्यावश्यकका नाममा अनावश्यक घुमफिर भएकोसमेत पाइयो, त्यस्ता गतिविधि रोक्न छड्के जाँच शुरु गरिएको छ”, महाशाखा प्रमुख ढकालले भने ।

Advertisement

निषेधाज्ञाको उल्लङ्घन हुन थालेपछि तीन दिनदेखि उपत्यकाका १२० स्थानमा हुने छड्के जाँचका लागि १२० प्रहरी परिचालन गरिएको छ । उक्त टोलीले अत्यावश्यक सेवाका लागि हिँडेकाहरुको गतिविधिसमेत निगरानी गर्नेछ । त्यस्ता गतिविधि गर्ने दुई हजार १४ जना कारवाहीमा परेका छन् । मुख्यगरी प्रहरीको उपस्थिति नभएका ठाउँबाट अत्यावश्यक भनेर अनावश्यकरुपमा गाडी चलाउने पाइएको छ ।

नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्नेसमेत फेला परेको छ । काम नभइकन बैंकको कार्ड भिरेर अन्तै घुम्न हिँडेका व्यक्तिसमेत फेला परेको महाशाखाले जनाएको छ ।

Advertisement

प्रवउ ढकालले ट्राफिक प्रहरीले उपत्यकामा सामाजिक सचेतनाका कार्यक्रमलाई समेत सँगै अघि बढाइएको जानकारी दिए । ट्राफिक नियम पालना गर्न, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दूूरी कायम गर्न अनुरोध गर्दै विभिन्न चोकमा प्रचारात्मक साइन बोर्ड राख्न थालिएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक साताको निषेधाज्ञाका समयमा सात हजार १६३ सवारी साधनलाई ‘होल्ड’ मा राखेर कारवाही गरिएको छ । त्यसमा ८० प्रतिशत मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । दुई दिनमा मात्रै अत्यावश्यक काम भनेर अनावश्यकरुपमा हिँड्ने एक हजार १०२ जनालाई कारवाही गरिएको छ । आजै ३०६ जनालाई नियन्त्रणमा लिइसकिएको छ । निषेधाज्ञा उल्लङ्घन रोक्न उपत्यकाका ४५ स्थानमा संयुक्तरुपमा अस्थायी सुरक्षाचौकी स्थापना गरी निगरानी गरिएको छ ।

यस्ता गतिविधिले कोभिड–१९ सार्न सहयोग पुग्ने भएकाले संयम हुन र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन प्रहरीले सबैमा अनुरोध गरेको छ । उपत्यकाका तीन जिल्लामा यही भदौ १७ गतेसम्मका लागि निषेधको आदेश जारी गरिएको छ । निषेधाज्ञाका समयमा अत्यावश्यकबाहेक गतिविधि पूर्ण रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेशको पूर्ण पालना गरी रोगको सङ्क्रमण रोक्ने सरकारी अभियानमा सहयोग गर्न सबैमा आग्रह गरे ।

पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । उपत्यकामा समेत सङ्क्रमण दरमा वृद्धि भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा दैनिक २०० देखि ३०० को हाराहारीमा नयाँ सङ्क्रमित देखिँदै आएको छ । सरकारले गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछि मानिसको आवागमन ह्वात्तै बढ्दा सङ्क्रमण बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ । एक महिनाका अवधिमा नजानिँदोरुपमा सङ्क्रमण र मृत्युदर बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मास्क अनिवार्य लगाउने, सामाजिक दूूरी कायम गर्ने, भीडभाडमा नजाने र राम्ररी साबुनपानीले हात धुने गर्दा कोभिड–१९ बाट बच्न सकिने बताए । आफूूबाहेक अरु सबै सङ्क्रमित छन् भन्ने सोचेर सावधानी अपनाउने हो भने सङ्क्रमण फैलनबाट रोक्न सकिने उनको भनाइ थियो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top