विराटनगरमा उपचाररत लहानकी एक संक्रमित महिलाको मृत्यु

१२ भदौ, विराटनगर । विराटनगरको कोभिड विशेष अस्पतालमा उपचाररत सिरहा, लहानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

Advertisement

कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो ।

उनलाई बिहीबार बेलुकी उक्त केन्द्रमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार ती महिलामा फोक्सोसम्बन्धी समस्यासमेत थियो ।

Advertisement

चिकित्सकको निगरानी र हेरचाहमा रहेकै बेला बिहान अचानक श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा उनको मृत्यु भएको केन्द्रले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top