अफगानिस्तानमा बाढीका कारण १२० जनाको मृत्यु

११ भदौ ७७, शुक्रबार

१२ भदाै, काबुल।
अफगानिस्तानमा हालैका दिनहरूमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भीषण बाढी आएको र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

ती घटनाहरू देशका कम्तीमा पनि १२ ओटा प्रान्तहरूमा भएको यहाँका विपद् व्यवस्थापनसम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका हुन् । स्थानीय अधिकारीकाअनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ १०० जना भन्दा बढी घाइते भएका छन् ।

बढीको क्रम निरन्तर रहेकोले कतिपय प्रान्तका ठाउँमा उद्धारकर्ताले प्रभावकारी रुपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले समाचार सम्प्रेषण गरेको छ ।

Advertisement

विभिन्न क्षेत्रमा खटिएका ती उद्धारकर्ताले हराइरहेकाको शव भेट्टाउन तथा मानिसलाई जीवितै उद्धार गर्न सकिन्छ की भनेर अहिले पनि प्रयास जारी राखेको जनाएका छन् ।

उनीहरूले हराएका व्यक्तिहरूको खोजी कार्य जारी राखेका तर पनि अहिले पनि वर्षा नरोकिएकोले उद्धारको काम गाह्रो भइरहेको बताएका छन् । पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका उद्धारमा खटिएका व्यक्तिहरूले जनाएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिरबाट विनाशकारी बाढी आएको थियो ।

Advertisement

त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top