प्रदेश १ मा आज ७४ संक्रमित थपिए, २० जना डिस्चार्ज

११ भदौ ७७, शुक्रबार

१२ भदौ, विराटनगर ।
प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको रेकर्ड प्राप्त भएको छ ।

आज सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैँचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।

उता झापाको कमल गाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ ।

Advertisement

प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको कमलका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिरहाको लहानकी एक महिलाको आज मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको छ ।

प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

Advertisement

प्रदेश १ मा आज १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top