१३ भदौ, दोहा ।
साउदी अरबमा अलपत्र परेका ६ नेपाली चेलीको उद्दार गरिएको छ । एक कम्पनीमा कार्यरत करिब ७ महिनादेखि कम्पनीले काम नदिएर अलपत्र परेका नेपालीहरुलाई गन्तव्य नेपाल साउदीले उद्दार गरी स्वदेश पठाएको हो ।
कोरोनाको महामारीको कारण लामो समय सम्म कम्पनीले तलब नदिँदा उनीहरु अलपत्र परेका थिए। खानाको समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्दार गरिदिन अनुरोध गरेका थिए ।
करार अवधि पूरा भएर पनि नेपाल नपठाएको र बिना सूचना अर्को करार थपिदिने तथा घर जानलाई अनुमति पनि नदिएकाले बिगत २ वर्षदेखि नेपाल फर्कन चाहेर पनि फर्किन सकेका थिएनन् ।
गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेल,मिलन गुरुङ तथा हिरा केसीको पहलमा साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरेर पीडित चेलीहरुलाई स्वदेश फर्काउन सफल भएको गन्तव्य नेपाल साउदीले जनाएको छ ।