स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

१४ भदौ, स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

Advertisement

चापाकोटबाट बिरामी काठमाडौ पु¥यार फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा चापाकोट नगरपाकिला ९ का ३५ बर्षिय भानुभक्त गैरे र वडा नम्बर १० का २५ बर्षिय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानाकारी दिए । उनीहरुकाे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

Advertisement

दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट ९ का ३१ बर्षिय सुरेन्द्र भण्डारी र २८ बर्षिय पवित्रा पोख्रेल गम्भिर रहेको अधिकारीले बतााए । घाइते दुबै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको अधिकारीले बताए । उनले दुर्घटना के कति कारणले भयो भन्नेबारे अनुसन्धान भईरहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top