खरको छानो हटाउन गाउँपालिकाद्धारा टिन वितरण

१५ बैशाख ७५, आइतबार

विराटनगर ः अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा खरको छानामुक्त बनाउन जस्तापाता वितरण सुरु गरिएको छ । खरको छाना भएका गरिबहरुकोे जीवनस्तर उठाउन सबैभन्दा पहिले घर निर्माण आवश्यक भएको निष्कर्षसहित गाउँपालिकाले खरको छानोमुक्त बनाउने अभियान सुरु भएको हाे ।

२० बर्षदेखि खरको छानामा बस्दै आएकी स्थानिय बिष्णुमाया नेपालीले टिन पाएपछि खुसि हुँदै भनिन् ‘२० वर्षदेखि खरको छानोमा बस्दै आएका छा ैं। श्रीमान् रोगी हुनुहुन्छ । केही गर्न सक्नुहुन्न, खरको छानो भएकाले पानी आउँदा चुहिन्छ, गर्मीमा आगलागीको डर हुन्छ, टिन पाएपछि ढुक्क भयो ।’

विष्णुमायाजस्तै छत्रदेव गाउँपालिकाका गरिबहरूको मुहारमा जस्तापाताले हाँसो ल्याइदिएको छ । यस आर्थिक वर्षमा गाउँपालिकामा भएका खरको छानो हटाई जस्तापाता लगाउने निर्णयअनुसार गाउँपालिकासभाले एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो । १ करोड २० लाखको १ हजार एक सय ३५ बन्डल टिन खरिद गरि वितरण सुरु गरिएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए । खरको छानो भएका ३ सय ३४ घरमा २७ पाताका दरले जस्तापाता दिन सुरु गरिएको अध्यक्ष पोखरेलले बताए ।

Advertisement

शुक्रबारदेखि गाउँपालिका वडा नं २ मा कार्यक्रम आयोजना गरी जस्तापाता वितरण सुरु गरिएको हो। सबै वडामा कार्यक्रम गरी जस्तापाता वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन्। खरको छानोमुक्त बनाउने अभियानले गाउँमा खुसीयाली ल्याएको गाउँपालिकाका प्रशासकीय अधिकृत भेषराज पन्थले बताए । वडा कार्यलयका पदाधिकारी र कर्मचारीले लिएको तथ्यांकका आधारमा जसको घरमा खरको छानो छ उसैलाई मात्र दिने नियम बनाइएको छ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अर्थात् वृद्ध भत्ता, एकल महिला भत्ता, अपांग भत्ता वितरण गर्दाको दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य जाँच र औषधि पनि भत्तासँगै वितरण गर्दै आएको छ। गाउँपालिकाका आठ वटै वडामा बाँदरको समस्या भएकाले वर्षको दुई महिना मकै खेती जोगाउन बाँदर हेरालुको व्यवस्था गर्ने र किसानले उत्पादन गरेको खेतीको सुरक्षा गर्ने निर्णय पनि गरेको थियो। छत्रदेवलाई मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र ‘आफ्नै घर रोजगारीको भर’ भन्ने नारा सार्थक बनाउने अभियान पनि थालिएको छ।

Advertisement

सबै विद्यालयमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्यापन गराउने, विषयगत शिक्षकलाई विद्यार्थीको नतिजाका आधारमा पुरस्कृत गर्ने तथा विद्यार्थीको गुनासो सुन्न विद्यार्थी गुनासोपेटिका राख्ने निर्णय पनि गाउँपालिकाले गरिरहेको छ। ‘छत्रदेवको सान सुन्दर शान्त र समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने नारा तय गरी नेपालकै नमुना गाउँपालिका बनाउने गरी कार्य योजना अघि बढाइएको अध्यक्ष पोखरेलले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top