शक्ति देखाउन कर्णालीमा हाम फाल्ने झाँक्रीकाे मृत्यु

१५ बैशाख ७५, आइतबार

विराटनगर,वैशाख १६ ः धामीको शक्ति देखाउने भन्दै बाजुराको जगन्नाथ गाउँपालिका–१ का दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।

Advertisement

नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् भने ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।

Advertisement

उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top