×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

चन्दाबाट दश किलोमिटर सडक निर्माण

१६ बैशाख २०७५

म्याग्दी, १६ वैशाख ः अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् ।

स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताए ।

Advertisement
Advertisement

“राजनीतिक र प्रशासनिक पहुँचको अभावमा पर्याप्त सरकारी बजेट नपाएपछि आफँै स्रोत जुटाएर सडक खनेका हौँ” अध्यक्ष पुर्जाले भने “सरकारी बजेटको तुलनामा कैयौँ गुणा धेरै रकम जुटाएर बनाएको सडकलाई तत्कालीन जिविसले जनसहभागिताको नमूना घोषणा गरी सम्मान गरेको थियो ।”

विसं २०६७ मा महभिरदेखि शुरु भएको सडक निर्माण कार्यले विसं २०७४ पुसमा धार्मिक पर्यटकीयस्थल पेरीभारानी ताल नजिकै पुगेपछि पूर्णताः पाएको हो । उक्त सडक निर्माणमा तत्कालीन हिस्तान गाविस र जिविसले विभिन्न चरणमा करीब रु १० लाख सहयोग रकम उपलब्ध गराएका थिए । सडक मर्मतका लागि चालू आवमा अन्नपूर्ण गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको छ ।

“चट्टानी पहाड र भिरालो भूगोलमा सडक खनेर गाडी गुडाउने चुनौतीलाई चिर्न सफल भएका छौँ” अध्यक्ष पुर्जाले भने “स्थानीयवासीको आर्थिक, भौतिक, नैतिक र सक्रिय सहयोगले सफल भयौँ ।” सडक निर्माणका लागि १९४ जना चन्दादाताले रु दुई हजारदेखि १० लाखसम्म सहयोग गरेका छन् ।

९५ घरधुरीको बसोबास रहेको घराम्दीमा मगर समुदायको बाहुल्यता छ । रोजगारीका लागि बेलायत, हङकङ, अमेरिका, कोरिया, भारत, कतार, साउदीलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँ, पोखरा, बेनीमा बस्ने घराम्दीवासीले सडक निर्माणका लागि चन्दा सहयोग गरेका छन् ।

सबैभन्दा बढी रु १० लाख ४५२ सहयोग गरेका घराम्दी घर भई हाल बेलायत निवासी होमबहादुर फगामी र ९४ वर्षीया ज्येष्ठ नागरिक तिलीसरा गर्बुजाले शनिबार घराम्दीको धुपीसानमा आयोजित समारोहमा चन्दादाताको नामावली विवरण लेखिएको ताम्रपत्रको अनावरण गरेर सडकको उद्घाटन गरे ।

सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेपछि स्थानीयवासीलाई सदरमुकाम बेनी, गाउँपालिकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवतजावतका लागि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तीर्थबहादुर फगामीले बताए ।

“महभिरदेखि घराम्दीसम्म करीब दुई घण्टाको उकालो पैदलयात्रा गर्नुपर्ने बाटो अहिले ३० मिनेटमा छोटिएको छ” फगामीले भने “बिरामीलाई समयमै अस्पताल पुराउन सकिएको छ, ढुवानी खर्च घटेको छ, विकास निर्माणको काम गर्न सजिलो भएको छ ।”

Advertisement
Advertisement

गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ । घराम्दी गाउँ आलु खेतीको पकेट क्षेत्र पनि हो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top