न्युरो हस्पिटलले सुरु गर्याे भेन्टिलेटरसहितको कोभिड अस्पताल

१४ भदौ ७७, सोमबार

१५ भदौ,विराटनगर।
प्रदेश नम्बर १ मै पहिलो पटक निजी क्षेत्रबाट भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी संचालनमा ल्याइएको हो ।

कोभिड अस्पतालको एक कार्यक्रमका बिच प्रदेश नं १ सामाजिक बिकास मन्त्री जीवन घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे तथा ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयूक्त रूपमा शुभारम्भ गरेका छन् । विश्व नै आक्रान्त बनाएको कोरोना भाइरसबाट संक्रमित बिरामीहरुले अस्पतालको शैया नपाएर घरमै बस्न बाध्य भएको बेला न्यूरोले कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको र केही दिन भित्र पीसीआर परीक्षण प्रयोगशाला समेत स्थापना गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले बताए । अस्पतालले कोभिडको संभावित विरामीहरुको लागि बिभिन्न प्याकेजहरु समेत ल्याएको छ ।

Advertisement

उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले अस्पतालले भेन्टिलेटरसहितको आईसियु बेड संचालनमा ल्याएपछि जनताले अकालमै ज्यान गुमाउनु नपर्ने बताए । यस्तै ब्यापार संघका अध्यक्ष मुन्दडाले प्रदेश १ मै प्रतिष्ठित अस्पतालको रुपमा चिनिएको न्यूरोले सेवाग्राहीको चापलाई मध्यनजर गरि निजि स्तरमा खोलिएको कोभिड अस्पतालले कोरोनाको महामारीलाई केहि हद सम्म भए पनि रोक्न सहयोग गर्ने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top