कोरोनाबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको निधन

१६ भदौ ७७, मंगलबार
Share this
816shares

१६ भाद्र, काठमाडौं ।
पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए।

Advertisement

चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको काठमाडौं महानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए। उनी गत भाद्र ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको केसीको भनाइ छ। उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top