काेरियाबाट फर्केका नेपालीलार्इ पुनः जाने अबसर

विराटनगर,बैशाख १६ ः दक्षिण कोरिया पुगेर फर्किएका तीन हजार नेपालीहरुले पुनः कोरिया जाने अबसर पाउने भएका छन् ।

Advertisement

इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार राम्रो काम गरेर फर्किएका तीन हजार नेपालीको नाम पठाएकोले पुनः परीक्षाका आधारमा कोरिया लान लागिएको हो ।

‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ’, खनालले भने, ‘परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।’ लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उनले जानकारी दिए ।

Advertisement

परीक्षा इपीएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top