१६ भदौ, सुनसरी ।
सुनसरी दुहबी–१२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउँसो १२ बजेको समयमा आफ्नै घरमा लुगा सुकाई रहेको अवस्थामा अचानक मिटरको तार सर्ट भई करेन्ट लाग्दा खातुन बेहोस भएकी थिइन् ।
उनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।