लुम्बिनीको मायादेवी मन्दिरमा सामूहिक पूजापाठ

१६ भदौ ७७, बुधबार

१७ भदाै, रुपन्देही ।

गौतम बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा आज सामूहिक पूजापाठ गरिएको छ । कोभिड-१९ को महामारीका कारण लामो समयदेखि बन्द मन्दिरमा आज पूर्णिमाको दिन पारेर सामाजिक दूरी कायम गरी भिक्षुहरुले पूजापाठ गर्नुभएकोे लुम्बिनी विकास कोषले जनाएको छ ।

मायादेवीमा अब दैनिक बिहानसाँझ पूजापाठ हुने छ, “सरकारले सर्वसाधारणका लागि धार्मिकस्थल खुला गर्ने निर्णय नगर्दासम्म मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला गर्न सकिदैन तर सुरक्षा सर्तकता अपनाएर नियमित पूजापाठ शुरु गरिएको छ”, कोषका कामु सदस्यसचिव ज्ञानिन राईले जानकारी दिए ।

मायादेवी मन्दिरमा कोरोना महामारीको अन्त्य, मृतकको चिरशान्तिको कामना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभ र विश्वशान्तिको कामना गर्दै भिक्षुले सामूहिक पूजापाठ गरेका हुन् । लुम्बिनीका विभिन्न विहार तथा गुम्बाका भिक्षु, श्रामणेर, लामा, गुरुआमा तथा स्थानीयवासीको सहभागितामा सामाजिक दूरी कायम गरी पूजापाठ गरिएको कोषका आध्यात्मिक सल्लाहकार एवम अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले जानकारी दिए ।

विकास कोषको आयोजना तथा भिक्षु मैत्रीको निर्देशनमा सामूहिक पूजापाठको आयोजना गरिएको हो । सामूहिक पूजापाठमा थेरवादी विहारको संयोजन भिक्षु वजिर तथा लामा गुम्बाका तर्फबाट सिंगापुर गुम्बाका प्रमुख टाँसी लामाले संयोजन गर्नुभएको थियो । अबदेखि मायादेवीमा हुने दैनिक पूजापाठका लागि थेरवादी र महायानी गुम्बालाई जिम्मेवारी दिइएको छ ।

यसअघि कोभिड–१९ को प्रभावका कारण लामो समयसम्म बन्द मन्दिर खुला गर्न विभिन्न सङ्घसंस्थाले कोषको ध्यानाकर्षण गराएका थिए । मन्दिर यथाशीघ्र खुला गर्न माग गर्दै लुम्बिनीका करीब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष एवं संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए ।

पर्यटन व्यवसायी हेमबहादुर विष्टले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पूजापाठको कामलाई निरन्तरता दिनुपर्ने बताए । कोभिड– १९ को महामारीका कारण मायादेवी मन्दिर हुँदा नियमित पूजापाठको काम रोकिएको थियो । भिक्षुभिक्षुणी तथा स्थानीय बौद्ध उपासकउपासिकाले मन्दिरमा पूजा गर्न पाएका थिएनन् ।

कोरोना भाइरसको महामारीका कारण लुम्बिनीमा रहेका चिनियाँ, जर्मनेली, कोरियाली, जापानी, थाइ, श्रीलङ्कालीलगायत विहार बन्द छन् । यसैबीच लुम्बिनीको म्यान्मा विहारको उपोसथ सीमागृहमा भिक्षुहरुले उपोसथ विनयकर्म सम्पन्न गरेका छन् । हरेक पूर्णिमा र औंँशीमा उपोसथ विनयकर्म कर्म गरिन्छ । नौ थेरवादी भिक्षुको सहभागितामा उपोसथ विनयकर्म गरिएको भिक्षु वजिरले जानकारी दिए ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top