भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

१७ भदौ ७७, बिहीबार

१८ भदाै, लण्डन ।

बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ ।

दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी देखाएका पुन भिसी पाउँदा केवल २१ वर्षको रहेका थिए । उक्त रेलसेवाका सञ्चार शाखाका एक अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिहरूलाई सम्मान गरिसकेको र यो पटक तुलबहादुर पुनलाई सम्मान गर्ने बताए । उनले पुनलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताए ।

गोर्खा वेलफेयर ट्रष्टका एडम वेन्थमले गोर्खा सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले बर्मामा मात्रै सात वटा भिसी प्राप्त भएको भन्दै भिसी पाउनेमा तुलबहादुर पुन पनि एक रहनुभएको उल्लेख गरे । उनले भने, “हाम्रो देशले गोर्खाहरूको धेरै ऋण तिर्न बाँकी छ, यो सम्मानलाई सच्चा सम्मानका रूपमा लिएका छौँ ।”

गोर्खाहरूको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तर रूपमा दवाब दिने ट्रष्टका संरक्षक जोअना लुम्लेले आफ्ना बुबासँग बर्मामा एकसाथ लडेका भिसी तुलबहादुर पुन र लछिमान गुरुङसगँको भेट कहिलै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायतीहरू ऋणी रहेको बताए ।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिmमा रहेर काम गरेका थिए । पुनको जन्म २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो भने मृत्यु २० अप्रिल २०११ मा पर्वतमा भएको थियो ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top