×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

इतिहास बोकेको सदर चिडियाखाना आर्थिक अभावले बन्द हुने अवस्थामा

१८ भाद्र २०७७

१८ भदौ, काठमाडौँ ।
ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुनगई चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो ।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेलले आम्दानी बन्द हुँदा बन्यजन्तुको रेखदेख, खानपिन र सरसफाइमा खर्च व्यवस्थापन गर्न समस्या भएको बताए । चिडियाखानाको मूख्य आम्दानी चिडियाखाना हेर्न जानेहरुबाट लिइने टिकट शुल्क हो । तर अहिले चिडियाखाना प्रवेश पूर्णरुपमा बन्द छ । २०७६ चैत महिनाको पहिलो साता देखि नै चिडियाखाना प्रवेश पूर्ण रुपमा बन्द रहेकाले आम्दानी शुन्य भएको उनले बताए ।

Advertisement
Advertisement

चिडिया खानाको आम्दानी प्रति महिना १ करोड रुपैयाँ बराबर हुन्थ्यो भने खर्च पनि सोही रकम बराबर नै हुने गरेको डा. पोखरेलको भनाई छ । तर आम्दानी शुन्य भएपछि आर्थिक समस्या देखिएको र चिडियाखानालाई नै कसरी बचाउने भन्ने चुनौति थपिएको उनले बताए । अहिले चिडिया खानामा १ सय १० प्रजातिका १ हजार भन्दा बढी बन्यजन्तु रहेका छन् । त्यस्तै ७५ जना कर्मचारी चिडिया खानामा कार्यरत छन् । सबैतर्फ खर्च व्यवस्थापनको समस्या हुँदा भोलिको दिनमा चिडियाखानालाई सञ्चालन गर्न चुनौति थपिएको उनले बताए ।

आर्थिक अभावका कारण चिडिया खानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ । यस्तो अवस्थामा सरकारले आफ्नो सम्पत्तिको सुरक्षाका लागि पनि आर्थिक सहयोग गरी चिडियाखानालाई बचाउनुपर्ने डा. पोखरेलले बताए ।

Advertisement

बन्यजन्तुका लागि लामो समय खानेकुरा मौजात राख्न सक्ने अवस्था पनि चिडियाखानासँग छैन । गेडागुडी लगायतका खानेकुरा एक महिना सम्मका लागि मौजात रहने भएपनि माछा मासुको मौजात एक साता भन्दा बढी राख्न सक्ने क्षमता चिडियाखानासँग छैन । त्यसैले लकडाउनको समयमा बन्यजन्तुको खानेकुरा ल्याउन समेत समस्या हुने गरेको छ । यस्तै सरकारले सबै क्षेत्रलाई खोल्ने निर्णय गरे चिडियाखाना सञ्चालन गर्ने सम्बन्धमा तयारी गरिसकेको पनि पोखरेलले बताए । उनले कोभिडको संक्रमणका बिच पनि अन्य क्षेत्र खुल्दा चिडियाखानालाई कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा योजना बनाइसकेको पनि बताए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top