नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ६ जनाकाे मृत्यु

१८ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जना महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

चितवनमा ४० वर्षिया, भक्तपुरमा ४० वर्षिया, तनहुँमा ९२ वर्षिया र रुपन्देहीमा ७७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोकमा ७७ वर्षिय र रुपन्देहीमा ६५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

आज देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आजसम्म ७ लाख ३१ हजार ८ सय ५२ जना पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

Advertisement

देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । प्रदेश नम्बर १ मा ९ सय ९०, प्रदेश नम्बर २ मा ८ सय ५२, बागमती प्रदेशमा ५ हजार ७ सय ६ र गण्डकी प्रदेशमा ६ सय ८० जना संक्रमित संस्थागत आइसोलेसनमा छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ३२, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ९ सय ४३ जना गरी १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय १५, प्रदेश नम्बर २ मा ४ हजार ३ सय, बागमती प्रदेशमा २ हजार ५० र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १८, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय २९ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन । आइसियुमा १ सय ४१ जनाको उपचार भइरहेको छ । यस्तै भेन्टिलेटरमा देशभरी १७ जनाको उपचार भइरहेको छ ।

आज डिस्चार्ज ९ सय १७ जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ७१, बागमती प्रदेशमा १ हजार ५ सय ९९ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजार ७ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी आजसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन । आज क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top