१८ भदौ, काठमाडौँ ।
नेकपा सचिवालयको बैठकले बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।