आजका प्रमुख खबरहरुः
१.(नबढेको दिन भएन)
पछिल्लो २४ घण्टामा थप ६ जना गरी हालसम्म नेपालमा २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु/ आज मात्र १२ सय २८ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुग्यो /२४ हजार २ सय ७ जना डिस्चार्ज ।
२.(यति छ आज)
आज बिहीबारसम्म ७ लाख ३१ हजार ८ सय ५२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण / देशभर हाल १८ हजार ४ सय १३ जना आइसोलेसनमा / ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा ।
३.(प्रदेश पनि उस्तै)
विराटनगरमा ३३ सहित मोरङमा ४४ गरी प्रदेश १ मा आज थपिए ९५ संक्रमित/ विराटनगरमा थप एक हजार बेडको आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रदेश १ सरकारको निर्णय ।
४.(कतै साघुरिँदै कतै फैलिँदै)
आज देशभर सवैभन्दा धेरै काठमाडौं उपत्यकामा ४ सय ४५ संक्रमित थपिए /आज एक दर्जन जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहँदा आधा दर्जन कोरोना मुक्त ।
५.(रथको होडले हानी)
नषेधाज्ञाका बाबजुद पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच दुई पटक झडप /झडपमा परी केही प्रहरी,पत्रकार,तथा स्थानीयहरु घाइते /प्रहरीद्वारा अश्रुग्यास प्रहार /अब रथ गुठि संस्थान र १९ जातिय खलः पुचले निर्णय नगर्दा सम्म नतानिने ।
६.(खुकुलो बनाइ देउ)
निषेधाज्ञा जारी भएको जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिको निर्देशन /विभिन्न चाडपर्व, जात्रा लगायतका गतिविधि सञ्चालनका लागि सम्बन्धित प्रशासनले तोकेको मापदण्ड अनुसार लागू हुने ।
७.(कांग्रेसको सरोकार)
बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न नेपाली कांग्रेसको सरकारसँग माग /पार्टीले उद्योग व्यवसायको क्षेत्रका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुसँग छलफल गर्ने ।
८.(काँग्रेस भित्रको कुरा)
कसको स्वार्थमा जनताले मल नपाएका हुन् त्यसको जवाफ सरकारले दिनुपर्ने कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाई /सभापति शेरबहादुर देउवाद्वारा पौडेल पक्षको विरोधका बाबजुत प्रचार विभागमा ४८ सदस्य मनोनित ।
९.(शोकमा बाग्लुङ )
बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी, पहिरोमा परेर हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो /२५ जना अझै बेपत्ता /३१ घरमा पूर्ण क्षति / ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने ।
१०.(यस्तो छ ब्यवस्थापन)
जापानको नारिताबाट नेपाल एअरलाइन्समार्फत फर्किएका २ सय १३ जनामध्ये एक यात्रुसँग पीसीआर जाँचको रिपोर्ट नभएपछि सबै यात्रुलाई होटल क्वरेण्टिनमा राखियो /अब सबै यात्रुको होटल क्वरेण्टिन खर्च पनि एअरलाइन्स कम्पनीले नै व्यहोर्ने ।
११.(तातिए विमान धनी)
सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको वायुसेवा सञ्चालक संघको भनाई / असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाउने चेतावनी ।
१२.(केसीको पूरानो केश)
डा.गोविन्द केसीले आज बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह केही समयका लागि स्थगित /सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह सुुरु गर्ने डा. केसीको चेतावनी ।
१३.(चिडियाखाना नमरोस्)
ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा /सरकारले आर्थिक सहयोग गरी चिडियाखानालाई बचाउनुपर्ने चिडियाखानाका आयोजनाको भनाई/ चिडियाखाना सञ्चालन गर्ने सम्बन्धमा तयारी गरिसकेको पनि उल्लेख ।
१४.(ट्रम्पको खोप राजनीति)
अमेरिकामा राष्ट्रपतिय चुनावअघि कोरोना भाइरसको खोप दिने योजनाप्रति वैज्ञानिक चिन्तित/सीडीसीको घोषणा पछाडि राजनीति रहेको वैज्ञानिकहरुको भनाई / पहिलो खोप स्वास्थ्यकर्मी, ६५ वर्षमाथिका व्यक्ति र जोखिममा रहेको समुदायलाई दिइने ।
र,
१५.(महामारीको मार)
कोरोना महामारीका कारण हालसम्म ८ लाख ६८ हजार बढीको मृत्यु/२ करोड ६२ लाख बढी संक्रमित /१ करोड ८४ लाख बढी निको भए ।