१९ भदौ, रुपन्देही । रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
मिर्गौलाले काम गर्न छोडेपछि चितवनमा डायलसीस गरेर फर्किएका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताए ।
योसँगै शुक्रबार मात्र रुपन्देहीमा ३ जना संक्रमितको मृत्यु भइसकेको छ भने जिल्लामा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।