१९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । कुल संक्रमितमध्ये आज १८ हजार ४ सय ४ जना आइसोलेसनमा उपचाररत छन् ।
आज शुक्रबार मात्र १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या २५ हजार ५ सय ६१ पुगेको छ ।