नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १४ जनाकाे मृत्यु

१९ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका मात्रै ४ जना महिला रहेका छन । काठमाडौंका ८२, ६७ र २२ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताए । एकजना चिवतनका ३५ वर्षिया महिला रहेका छन । यसैगरी सप्तरीमा ५५/५५ वर्षका दुई जना पुरुष, धनुषामा ६५, कास्कीमा ३१ र नवलपरासीमा ३७ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै प्युठानमा ५८, रुपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेत ४२ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

आज १ हजार ३ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । १३ हजार ६ सय ३८ वटा पीसीआर परीक्षण भएकोमा ४ सय ६४ महिला ८ सय ९५ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएकोमा ४४ हजार २ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज १ हजार ३ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन ।

सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १६, प्रदेश नम्बर २ मा ७ सय ५२, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३८, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ५७,बागमती प्रदेशमा २ हजार ३ सय १५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १९, कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना संक्रमित रहेका छन ।

प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णालीमा ३ जना गरी देशभरी १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर १ मा ३, बागमती प्रदेशमा १९ र प्रदेश नम्बर ५ मा ४ जना गरी २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । आज क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन ।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top