×

NEPAL TIMES UPDATES

Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026

सुदूरपश्चिममा मल अभाव

१९ भाद्र २०७७

१९ भदाै, डोटी ।

सुदूरपश्चिम प्रदेशभरि लामो समयदेखि युरिया रसायनिक (चिनी) मल अभाव भएको छ । मल अभाव भएसँगै खेतीपाती खासै नसप्रिने भन्दै यहाँका किसान चिन्तीत बनेका छन् । मल अभावका कारण सुदूरपश्चिमा २५ देखि ३० प्रतिसत खाद्यान्न उत्पादन घट्ने अनुमान गरिएको छ । यहाँका नौ वटै जिल्लामा गोठे मल प्रयोग गरिने चलन भएपनि धानबालीमा बाला लाग्ने अर्थात् पसाउने समयमा रसायनिक मल हाल्ने चलन भएका कारण मल नपाउँदा किसान चिन्तीत बनेका हुन् ।

Advertisement
Advertisement

धान गोडमेल गर्ने समय सकिएर धानको बाला लाग्ने समय आउँदा पनि युरिया मल नपाएपछि किसान चिन्तित हुनु परेको हो । धान तथा तरकारीमा युरिया मल हाल्नुपर्ने भएपनि मल वितरण गर्ने निकायमा युरीया मल अभाव भएपछि जिल्लामा मलको समस्या भएको बताइएको छ । देश कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएको बेला यहाँका किसानलाई मल नपाएकोमा थप चिन्ता थपिएको हो । धान गोड मेल गरेर खेतमा मलहाल्ने समय पनि करिब सकिन लाग्दासमेत मल नपाएपछि यहाँका किसान चिन्तीत बनेको शिखर नगरपालि–१० बानीडुग्रीसैनका किसान हर्कबहादुर बलायरले बताए । उनले भने, “रोपाइँ सकेर धानको बाला पसाउने बेला हुन थालिसक्यो मल छैन, अब के खेती सप्रिन्छ होला त र ?”

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले रसायनिक मल अभावका कारण यहाँका किसानलाई समस्या भएको बताए । उनले भने, “रसायनिक मल सात समुन्द्रबाट पारीबाट आउँछ, अहिलेको समय परिस्थितीले आउन केही कठिनाइ भएको छ, जसले गर्दा खेतीबाली तथा तरकारी खेतीमा उत्पादन घट्ने छ ।” सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा कूल एकलाख मेट्रीक टन रसायनिक मल युरिया आवश्यक पर्ने भएपनि साल्ट ट्रेडिङ कम्पनीमा २५ देखि ३० हजार मेट्रीक टन मात्रै मल आएका कारण यहाँ समस्या भएको बताइएको छ ।

डोटीसहित यहाँका नौ वटै जिल्लामा हप्तोदेखि रासायनिक मलको अभाव कायमै छ । यसपाली समयमै धान रोपाइँ सकिए पनि मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तीत बन्न थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका किसान रामबहादुर बिकले बताए । उनले भने, “रोपाइँ गर्दा पनि मल पायनौँ, अहिले मल हाल्ने समय घर्किँदै छ, मल आउने अत्तोपत्तो छैन, कसरी धान राम्रो फल्नु ?” डोटी जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । रोपाइँ गरिएका खेतमा मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान धनबहादुर बोगटीले बताए । उनले भने, “रसायनिक मल हाल्ने गरेका खेतमा अरु मल हाले खासै काम गर्दैन, हामीले मल हाल्न नपाउँदा खेतमा धान त्यत्ति राम्रो छैन ।”

उता मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी दिपायलले कोरोनाको कहरका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपुर्ति गर्न नसकिएको दावी गर्दै आएको छ । कोरोना भाइरसको कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन मल नपाउनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी देवेन्द्र खड्काले बताए । उनले भने, “कोरोनाका कारण हजारौँको रोजगारी गुमेको छ, यस्तो बेलामा उनीहरुलाई कृषि क्षेत्रमा जागरुक गराई, मल तथा बिउको सहज तरीकाले आपूर्ति गर्नु पर्ने हो तर त्यहि पनि सहज हुँदैन त के गरी खाने ।”

Advertisement

यो वर्ष मात्र नभई जिल्लामा वर्षेनी किसानले सहजरुपमा मल नपाउँदा दुःख भोग्दै आएको दिपायल पिपल्लाका किसान हर्कबहादुर लुहारले बताए । उनले भने, “हामीलाई वर्षेनि जिल्लामा कलको समस्या हुने गरेको छ, यो वर्ष त कोरोनाको त्रास छ, अरु वर्ष पनि सहज तरीकाले कहिल्यै पनि मल पाएनौँ, हाम्रा पीडा कोही सुन्दैनन् ।” उता जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल पनि प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि ज्ञान केन्दले वैकल्पिक मल प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top