कोभिड-१९ को सङ्क्रमण नियन्त्रणबारे सोच्न जी २० लाई राष्ट्रसङ्घको आग्रह

१९ भदौ, संयुक्त राष्ट्रसङ्घ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड-१९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्ने विषयमा सोच्न जी२० का सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरू ल्याउनका लागि पनि उनले ती देशहरूलाई आग्रह गरेकाे बताइएकाे छ । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरूले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताए ।

श्वका देशहरूले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरू अपनाएर यी समस्याको समाधान निकाल्न उनले सो आग्रह गरेका हुन् ।

महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उनले भने ।सोही बैठकमा उक्त सङ्गठनका विदेशमन्त्रीहरूले भने देशका सीमाहरू खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरू अपनाएर सीमा खोल्नुपर्ने बताएको समाचार जनाइएको छ ।

साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरूको सहभागिता थियो ।सो बैठकमा सबै देशका विदेशमन्त्रीहरूले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका विरुद्धमा मिलेर र समन्वय गरेर लड्नुपर्नेमा पनि जोड दिएका थिए ।रासस / सिन्ह्वा

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top