×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या समाधान आग्रह

१७ बैशाख २०७५

काठमाडौँ, १७ वैशाख ः तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या चाँडो हल गर्न आग्रह गरिएको छ ।

कागजी प्रक्रियामा झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनाका साथै सामान छुटाउन कठिनाइ हुने तथा बढी खर्चिलो हुने समस्या देखापरेको छ । परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भारतको बन्दरगाहबीचमा सही सहकार्य र सहजीकरणमा समस्या आएका कारण पनि व्यापारमा कठिनाइ भएको व्यापारी तथा भारतीय अधिकारीको भनाइ छ । राष्ट्र बैंकले प्रतीतपत्र जारी गर्नका लागि अनुमति दिएको भए पनि त्यसलाई प्रविधियुक्त र छरितो बनाउन नसकेको र विशाखापटनममा भारतस्थित नेपाली राजदूतावासको उपस्थिति नहँुदा प्रलेखीकरणमा ढिलाइ भई सामान निश्चित समयमा छुटाउन समस्या परेको उनीहरुको गुनासो छ ।

Advertisement

विशाखापटनम र त्यहाँको कन्टेनर कर्पोरेशन अफ इन्डियाका अधिकारीसहित वाणिज्य मन्त्रालय र इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले आज नेपाल व्यापारीसँग गरेको अन्तक्र्रियाका सहभागीबाट त्यस्तो गुनासो आएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सामान छुटाउन कम समय लाग्ने र यातायातका लागि पनि सहज हुने तथा भौतिक दूरीभन्दा पनि ढुवानी समय र लागत कम हुने भएकाले कोलकाता र हल्दियाभन्दा विशाखापटनम उपयुक्त बन्दरगाह हुने भएकाले त्यसको सदुपयोग गर्न व्यापारीलाई आग्रह गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैंकले व्यापार सहजीकरण र भुक्तानीमा हुने समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा राष्ट्र बैंकबाट भएको ढिलाइ सम्बोधन गरिने बताए ।

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लामो छलफलपछि विशाखापटनम बन्दरगाह नेपाली व्यापारीले प्रयोग गर्न पाउनु सकारात्मक भएको बताउँदै नेपाली पक्षले त्यहाँ सम्पर्क कार्यालय सञ्चालन गर्नुपर्ने र भारतीय पक्षले पनि सहजीकरणमा ध्यान दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोलकाता बन्दरगाहमा जस्तै विशाखापटनम बन्दरगाहमा पनि विभिन्न शुल्क लगाउन नहुनेप्रति भारतीय अधिकारीलाई ध्यानकर्षण गराए ।

विशाखापटनमका पोर्ट अथोरिटी एमटी कृष्णबाबुले अन्य बन्दरगाहभन्दा छिटो र सहज रुपमा नेपाली व्यापारीका सामग्रीलाई नेपाल पठाउन सकिने बताउँदै विशाखापटनमा सम्पर्क कार्यालय राख्न र प्रलेखीकरणलाई छरितो बनाउन आग्रह गरे । कन्टेनर कर्पोरेशन अफ इन्डियाका महाप्रबन्धक यलभेन्द्र यादवले विशाखापटनबाट सामग्री आयात गर्दा पारवहन समय कम लाग्ने र अन्य अतिरिक्त शुल्क तिर्नुपर्दैन भन्दै नेपाली व्यापारीले फाइदा लिन सक्ने बताए । राष्ट्र बैंक, भारतस्थित नेपाली राजदूतावास र बन्दरगाहबीचमा सही सहकार्य र प्रलेखीकरण द्रुत गरिदिनुपर्नेमा उनको जोड थियो ।

Advertisement

कार्यक्रममा इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका सल्लाहकार हिमाल थापाले लामो दूरी, आपूर्तिकर्ता, बैंक र भारतस्थित नेपाली दूतावास, भन्सारका कर्मचारी र बन्दरगाहका अधिकारीबीच सही सहकार्य नहुने चुनौतीपूर्ण भएको बताए । इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले सो बन्दरगाहबाट सामान आयात गर्दा व्यापारीलाई सहज हुने भएकाले त्यसतर्फ ध्यान दिन व्यापारीलाई आग्रह गरे ।
रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top