NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या समाधान आग्रह

सोमवार बैशाख १७ , २०७५
A A
विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या समाधान आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, १७ वैशाख ः तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या चाँडो हल गर्न आग्रह गरिएको छ ।

कागजी प्रक्रियामा झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनाका साथै सामान छुटाउन कठिनाइ हुने तथा बढी खर्चिलो हुने समस्या देखापरेको छ । परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भारतको बन्दरगाहबीचमा सही सहकार्य र सहजीकरणमा समस्या आएका कारण पनि व्यापारमा कठिनाइ भएको व्यापारी तथा भारतीय अधिकारीको भनाइ छ । राष्ट्र बैंकले प्रतीतपत्र जारी गर्नका लागि अनुमति दिएको भए पनि त्यसलाई प्रविधियुक्त र छरितो बनाउन नसकेको र विशाखापटनममा भारतस्थित नेपाली राजदूतावासको उपस्थिति नहँुदा प्रलेखीकरणमा ढिलाइ भई सामान निश्चित समयमा छुटाउन समस्या परेको उनीहरुको गुनासो छ ।

विशाखापटनम र त्यहाँको कन्टेनर कर्पोरेशन अफ इन्डियाका अधिकारीसहित वाणिज्य मन्त्रालय र इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले आज नेपाल व्यापारीसँग गरेको अन्तक्र्रियाका सहभागीबाट त्यस्तो गुनासो आएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सामान छुटाउन कम समय लाग्ने र यातायातका लागि पनि सहज हुने तथा भौतिक दूरीभन्दा पनि ढुवानी समय र लागत कम हुने भएकाले कोलकाता र हल्दियाभन्दा विशाखापटनम उपयुक्त बन्दरगाह हुने भएकाले त्यसको सदुपयोग गर्न व्यापारीलाई आग्रह गरे ।

LS Auto

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैंकले व्यापार सहजीकरण र भुक्तानीमा हुने समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा राष्ट्र बैंकबाट भएको ढिलाइ सम्बोधन गरिने बताए ।

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लामो छलफलपछि विशाखापटनम बन्दरगाह नेपाली व्यापारीले प्रयोग गर्न पाउनु सकारात्मक भएको बताउँदै नेपाली पक्षले त्यहाँ सम्पर्क कार्यालय सञ्चालन गर्नुपर्ने र भारतीय पक्षले पनि सहजीकरणमा ध्यान दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोलकाता बन्दरगाहमा जस्तै विशाखापटनम बन्दरगाहमा पनि विभिन्न शुल्क लगाउन नहुनेप्रति भारतीय अधिकारीलाई ध्यानकर्षण गराए ।

विशाखापटनमका पोर्ट अथोरिटी एमटी कृष्णबाबुले अन्य बन्दरगाहभन्दा छिटो र सहज रुपमा नेपाली व्यापारीका सामग्रीलाई नेपाल पठाउन सकिने बताउँदै विशाखापटनमा सम्पर्क कार्यालय राख्न र प्रलेखीकरणलाई छरितो बनाउन आग्रह गरे । कन्टेनर कर्पोरेशन अफ इन्डियाका महाप्रबन्धक यलभेन्द्र यादवले विशाखापटनबाट सामग्री आयात गर्दा पारवहन समय कम लाग्ने र अन्य अतिरिक्त शुल्क तिर्नुपर्दैन भन्दै नेपाली व्यापारीले फाइदा लिन सक्ने बताए । राष्ट्र बैंक, भारतस्थित नेपाली राजदूतावास र बन्दरगाहबीचमा सही सहकार्य र प्रलेखीकरण द्रुत गरिदिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका सल्लाहकार हिमाल थापाले लामो दूरी, आपूर्तिकर्ता, बैंक र भारतस्थित नेपाली दूतावास, भन्सारका कर्मचारी र बन्दरगाहका अधिकारीबीच सही सहकार्य नहुने चुनौतीपूर्ण भएको बताए । इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले सो बन्दरगाहबाट सामान आयात गर्दा व्यापारीलाई सहज हुने भएकाले त्यसतर्फ ध्यान दिन व्यापारीलाई आग्रह गरे ।
रासस

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.