कोरोनाले चिया बगान फिका, आएनन् विदेशी

२० भदौ ७७, आइतबार

२१ भाद्र, इलाम ।
विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे ।

उद्योग–कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ ।

यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ । कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टङ्क दाहाल बताउँछन् ।

दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन् । “धेरैले फोनमार्फत आउन सकिन है भन्नुहुन्छ”, दाहालले भने, “धेरैको चासो पनि छ तर आउन नपाएकोमा गुनासो पनि छ ।”

जापान, अमेरिका, जर्मनी, चीन, फ्रान्सका साथै भारतमा समेत आफ्नो उद्योगको चिया निर्यात हुने गरेको सञ्चालक दाहालको भनाइ छ । गएको वर्ष मात्र पनि उद्योगमा दुई झुण्डमा विदेशी आएका थिए । चियाको मुख्य सिजन (चैत–वैशाख)मै उद्योगले बन्दाबन्दी खेप्नु पर्यो । उद्योगीले यही सिजनमा अधिकतम फाइदा लिन सक्नुपर्छ तर यसपटक भने कोरोनाले विदेशमा चिया जान सकेन ।

बन्दाबन्दी सकिए पनि कोरोनाको प्रकोप बढ्दा धेरै उद्योगीले घाटासमेत खेप्नु पर्यो । विशेषगरी सिधै तेस्रो मुलुक तयारी चिया पठाउने उद्योगीलाई त कोरोनाले नमज्जैले ‘घाटा’ गरायो । यसैकारण बर्सेनि तेस्रो मुलुकबाट चियाको अनुगमन र चिया बुझ्न आउने विदेशी एकै जना नआएको इलाम नगरपालिकास्थित जस्वीरे चिया उद्योगका सञ्चालक सरद सुब्बा बताउँछन् ।

“यहाँ उद्योगमा आउने हाम्रा नियमित खरिदकर्ताहरू हुन्”, सुब्बा भन्छन्, “धेरैलाई त चियाको नमूना पनि पठाउनु पर्दैन । त्यसै पनि जान्छ तर केही केही चाहिँ नेपालै आएर उद्योग र बगानै घुम्नु हुन्छ ।” सुब्बाका अनुसार उनको उद्योगमा बर्सेनि तीन–चार समूहमा चियाका विदेशी खरीदकर्ता आउँछन् ।

सुब्बा भन्छन्, “हावापानी, चियाबारीको रमाइलो दृश्य र गुणस्तरीय चियाले मेरो उद्योग र बगानमा तान्छ तर यसपटक कोही पनि आएनन् ।” त्यसो त इलामका धेरै उद्योग र बगानमा विदेशी खरीदकर्ता बर्सेनि पुग्छन् । चिया किन्न र मनोरम चियाबारी घुम्नै पनि विदेशी चिया बगान–उद्योग पुग्छन् ।

भारतको दार्जिलिङको चियाभन्दा इलामको चिया गुणस्तरीय मानिने हुँदा बर्सेनि विदेशी ग्राहक इलाम आउने क्रम बढ्दो छ तर यसपटकले कोरोनाका कारण चिया उद्योगीले नमाज्जाले धक्का खानु पर्यो । एकातिर कोरोनाले विदेशी आएनन् भने अर्कातिर यहाँ उत्पादन भएको तयारी चिया जान पनि गाह्रो भइरहेको छ ।

यसरी निकासीको ठूलो परिमाण जाने मुलुकबाटै खरीदकर्ता आउन नसक्नु र चिया जान नसक्नु चाहिँ चियाका लागि दुःखद कुरा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउँछन् । विभिन्न संस्था र व्यक्तिगत(उद्योग)कै आह्वानमा विदेशी चियाका लागि आउने गरेका छन् । “विगतका वर्षमा सानोरठूलो गरी ३०–४० वटा समूह चियाको अनुसन्धानका लागि आउँथे तर यसपटक भने एकजना पनि छैन”, उनले भने ।

चिया खरीद र घुमघामकै लागि बर्सेनि उच्च सङ्ख्यामा विदेशी भित्रिन्छन् । कतिपय विदेशी चिया सम्बन्धी सङ्घ–संस्थामार्फत नेपाल भित्रिन्छन् भने कतिपय उद्योगसँगको व्यक्ति चिनजानमा आउँछन् । पछिल्लो समय व्यक्तिगतभन्दा पनि सङ्घ–संस्थामार्फत नेपाल भित्रिने विदेशीको सङ्ख्या बढी छ ।

चियासम्बन्धी सङ्घ–संस्था केन्द्रीय चिया सहकारी सङ्घ (सिटिसिएफ), हिमालय अर्थोडक्स टी प्रोड्युसर्स एशोशिएसन, स्पेसलिटी टी एशोशिएसन नेपाललमार्फत पनि विदेशी खरीदकर्ता नेपाल आउने गरेका छन् । नेपालबाट भारतसहित जापान, अष्टे«लिया, अमेरिका, नर्वेलगायतबाट चिया निर्यात हुने गरेको छ ।(रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top