कोरोना सङ्क्रमण मुक्त मनाङमा पुनः सङ्क्रमण

२० भदौ ७७, आइतबार

२१ भाद्र, मनाङ ।
कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ ।

कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् । सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए ।

उनका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन् । “निको भएका सङ्क्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइ समेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्”, आचार्यले भने, “शुक्रबार थपिएका सङ्क्रमितको पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।”

त्रिहत्तर जनाको पिसीआर परीक्षण गरिएको मध्ये गोरखाको आरुघाट–७ घर भई हाल मनाङमा कार्यरत एक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले जिल्लामा दुई सङ्क्रमित आइसोलेसनमा रहेको उनले बताए । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको आचार्यको भनाइ छ ।

यही भदौ १६ गते ७३ जनाको स्वाब नमूना सङ्कलन गरिएकामा ७२ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्म १९२ जनाको पिसीआर परीक्षण गरिएकोमा छ जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार आइसोलेसनमा रहेका सङ्क्रमितको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आचार्यले बताए ।

मनाङमा कोरोना सङ्क्रमण मुक्त भइसकेपछि पुनः सङ्क्रमण देखिएको हो । जिल्लामा सङ्क्रमण देखिन थालेपछि स्थानीयवासी भने त्रसित बनेका छन् । मनाङमा धेरैजसो शिक्षक, कामदार, कर्मचारी बाहिरी जिल्लाबाट आउने हुँदा सङ्क्रमण देखिएको हो । हालसम्म स्थानीयवासीमा भने सङ्क्रमण देखिएको छैन ।(रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top