२१ भदौ, काठमाडौं । गोरखा अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिकाकी ७६ वर्षीय ती महिला शनिबार अस्पताल भर्ना भएकी थिइन् । आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालका अनुसार महिलाको ब्रेनह्यामरेज भई मृत्यु भएको हो ।
मृत्युपछि शनिबार नै उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १९ पुगेको छ ।