२१ भदौ, सुनसरी । धरान १३ स्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली सेनाका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक ट्रेसिङको आधारमा ६१ नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
शनिबार संक्रमण पुष्टि हुनेमा दुई वर्षीया बालिका र धरानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी समेत छन् ।
यसअघि सैनिक आवासीय महाविद्यालयमा कार्यरत ३० सैनिकमा कोरोना देखिएपछि सैनिक र उनीहरुका परिवारका १ सय ४२ जनाको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि भदौ १७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो ।