निजी ल्याबका रिपोर्टलाई पनि कोरोना बीमाको मान्यता दिने तयारी

२१ भदौ, काठमाडौँ ।
बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोभिड १९ संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेस गर्नेगरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ । समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र सरोकारवाला पक्ष सहतिको समिति गठन गर्न लागिएको बताए ।

सोही समितिले दिएको सुझावका आधारमा ‘‘कोरोना बीमा मापदण्ड, २०७७’’ संशोधन गरिने पनि उनले बताए । उनले भदौ २१ गते आइतबार सम्ममा बीमा कम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरु मध्ये नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुबाट पीसीआर परीक्षण प्राप्त भएका दाबीहरुलाई सात दिन भित्र भुक्तानी दिने व्यवस्था मिलाइएको पनि बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकाय भन्दा बाहेकका प्रयोगशालाहरुबाट प्राप्त दाबीहरुको सम्बन्धमा विस्तृत जानविन गर्न कोरोना बीमा मापदण्ड २०७७ को दफा १६ बमोजिम समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहितको अनुदान व्यवस्थापन समिति गठन गरी छानवीन गरेपछि मात्र्र भुक्तानी सम्बन्धी निर्णय गरिने स्पस्ट पारे ।

बीमा समितिबाट जारी भएको हालको ‘‘कोरोना बीमा मापदण्ड, २०७७’’ संशोधन नहुन्जेल सम्मका लागि कोरोना बीमालेख खरिद गरेका बीमितहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निकायहरुमा मात्र पीसीआर परीक्षण गर्न अनुरोध समेत गरिएको अध्यक्ष चापागाईंले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top