×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

१५ दिन भित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम हुँदैछ : कृषिमन्त्री भुसाल

२१ भाद्र २०७७

२१ भदौ, काठमाडौँ ।
तोकिएको समयमा मल आउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले क्षमा माग्दै दुःख व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूसालले समयमै मल ल्याउन नसकिएको भन्दै दुःख व्यक्त गरेका हुन् । उनले आगामि दिनमा यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले मल आयात गर्न जिम्मा दिएको दुई वटा सप्लायर्स कम्पनीको सम्झौता रद्द गरी कारबाही गरिएको समेत बताए । जसमध्ये शैलुङ इन्टरप्राइजेज प्रा.लि. र होनिको मल्टिपल प्रा.लि. रहेको छ । कृषि समग्री कम्पनीले २०७७ वैशाख १२ गते (२०२० अप्रिल २४) शैलुङ इन्टरप्राइजेजसँग २५ हजार मेट्रिक टन र वैशाख १५ गते (२०२० अप्रिल २७ ) होनिको मल्टिपलसँग २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो । दुवै सप्लायर्सलाई २०७७ साउन ८ गते (२०२० जुलाई २३) भित्रमा तोकिएको मल अयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो । त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मिति सम्म पनि मल सिपमेन्ट हुन नसकेपछि सम्झौता रद्द भएमो मन्त्री भूसालले बताउनुभयो । उनले मल आयात गर्न नसक्ने दुवै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको समेत बताए ।

Advertisement
Advertisement

उनले अहिले ३२ हजार ५ सय मेट्रिक टन युरिया कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको समेत बताए । उनले ढिलो गरी मल आयात हुँदा आपूर्तिमा समस्या देखिएपनि विस्तारै सहज हुँदै जाने बताए । यसबाहेक धान र गहुँको लागि आवश्यक हुन सक्ने युरिया बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैंचो मागिएको समेत बताए । प्रधानमन्त्री स्तरबाट अनुमति पाइसकेकाले मल पैंचो ल्याउने प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्री भूसालले बताए । पैंचो ल्याउने सम्बन्धमा दुई मुलुकका प्रधानमन्त्रीबिच समझादारी समेत भइसकेकाले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको उनले बताए । अवको १५ दिन भित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भूसालले बताए ।

Advertisement

नेपालमै युरिया मल उत्पादनका लागि कारखाना खोल्ने सम्बन्धमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरि काम आरम्भ भइसकेको पनि मन्त्री भूसालले बताए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top