२२ भदौ, जनकपुरधाम । जनकपुरमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय एक ग्यास व्यापारीको प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उपचारको क्रममा आइतवार राति करिब ११ बजे अस्पतालमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई चार पाँच दिनदेखि ज्वरो समेत आइरहेको थियो ।
पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए ।
कर्जन्हामा पीसीआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार उत्तरपट्टीको घरमै उनले ग्यासलगायतका व्यापार संचालन गर्दै आएका थिए ।