ओमानबाट सेप्टेम्बर ११, १५ र २५ मा उडान हुने, बिचौलियाको पछि नलाग्न आग्रह

२२ भदौ ७७, मंगलबार

२३ भदाै, दोहा ।

Advertisement

ओमानबाट तीन वटा जहाजले उडान गर्ने तालिका सार्वजनिक गरिएको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार आगामी चार्टर्ड उडानहरू सेप्टेम्बर ११, १५ र २५ मा हुने जनाएको छ ।

हालसम्म मस्कट अन्तर्राष्ट्रिय विमानस्थल खुलिनसकेकाले मस्कट-काठमाडौं संचालन हुने सम्पूर्ण उडानहरू दूतावासको पूर्ण संयोजनमा मात्र हुने समेत दूतावासले जानकारी गराएको छ ।

Advertisement

नेपाल फर्कनको लागि विभिन्न माध्यमबाट दूतावासमा नाम दर्ता गराएका सम्बन्धित सम्पूर्णलाई दूतावासले क्रमैसँग नेपाल फर्काइरहेको जनाएको छ ।

स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णयबमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

Advertisement

साथै, कुनै पनि ट्राभल एजेन्सी तथा अनधिकृत व्यक्तिको आश्वासनमा नपरी दूतावासबाट जारी हुने सूचनाको आधारमा मात्र नेपाल फर्कने प्रक्रियामा लाग्न दूतावासले आग्रह गरेको छ ।

दूतावासमा सम्पर्क हुन नसकेमा दूतावासको हटलाइन नम्बर ७१५९२४९० तथा अन्य टेलिफोन नम्बरहरू, २४६९६१७७, २४६९६८८३ मा  सम्पर्क गर्न दूतावासको अनुरोध छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top