गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना पुष्टि

२३ भदौ ७७, मंगलबार

२३ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना सङ्क्रमण दखिएको छ । सबैभन्दा धेरै सङ्क्रमित पोखरामा थपिएका छन् ।

Advertisement

सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका कामदारमात्र २४ जना छन् । जसमा २० महिला र ४ पुरुष रहेका छन् ।

त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा ९ जना त्यस्तै तनहुँका ३ जना बाग्लुङका ९ जना र गोरखाका १० जनामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार छ सय ६० जना पुगेको छ । एक हजार सात सय ८५ जना निको भएका छन् भने २० जनाको निधन भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top