साउदीमा अलपत्र १२ सय नेपाली दूतावासविरुद्ध नाराबाजीमा

योगेन्द्र योगी
२३ भदौ, दोहा ।
रोजगारीको लागि विभिन्न समयमा साउदी अरव पुगेका १२ सय नेपाली कामदार अहिले त्याहा अलपत्र परेका छन् । साउदी अरवको रियादस्थित समास्को सप्लाई कम्पनीमा काम गर्ने कामदारहरुको करार अबधी सकिएको झन्डै ७ महिनालाग्दा समेत कम्पनीले चासो नदेखाएको पिडितहरुले बताएका छन् ।

आफूहरुको समस्याबारे साउदीस्थित नेपालीदूतावासमा पुगी सहयोग माग्दा पनि नसुनेको भन्दै पिडित नेपाली श्रमिकहरुले नेपाल सरकार तथा नेपाली दूतावास विरुद्ध चर्का नारावाजी गरेका छन् । आफूहरुको आवाज नसुने पछि ९ सय पुरुष तथा ३ सय नेपाली महिला कामदारहरुले सरकार बिरुद्ध साउदीको सडकमा आन्दोलनगर्न बाध्य भएको बताएका छन् । करिव ६ सय नेपाली भिसा सकिएर स्वदेश फिर्तीको पर्खाइमा छन भने अन्य सप्लाई कम्पनीले लिएको कन्ट्रयाकमा काम नभएपछि लामो समय देखि कोठामै बसिरहेका छन् ।

Advertisement

कम्पनीले कसैलाई काम दिएपनि कम तलवमा काम लगाउने गरेको उनीहरुले बताएका छन् । बिगत ६ महिनादेखि कुनै पनि तलब सुबिधा नपाएको तथा घरबाट पैसा मगाएर स्वदेश फर्कन्छाैँ भन्दा पनि आफूहरुलाई चार्टर उडानको व्यवस्था गरियोस भन्दा समेत सरकार र दूतावासले कुनै चासो नदेखाएको कारण आफूहरु थप समस्यामा परेको उनीहरुले बताएका छन् । कम्पनीले चार्टर उडान गर्न दूतावाससंग समन्वय गरेपनि दूतावास र कम्पनीबीच तालमेल नमिल्दा पटक पटक उडान स्थागित हुँदै आएको उनीहरुले बताएका छन् । लामो समयसम्म कोठामा बस्दा धेरै साथीहरु डिप्रेसनको शिकार भएका छन भने १ महिना अघि मात्र घर फर्कन नपाए एक नेपालीले आत्महत्या समेत गरिसकेको उनीहरुले बताएका छन् ।

Advertisement

नेपाली मजदुर एकता समाज साउदीले साउदी अरवमा अलपत्र हजारौं नेपालीहरुले साउदीमा रहेकोे नेपाली दूतावास र नेपाल सरकार विरुद्ध नाराबाजी गरेको भन्दै दूतावास तथा नेपाल सरकार लगायत सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण हुन जरुरी रहेको बताएको छ । नेपाली मजदुर एकता समाजका एक प्रतिनिधिले यस बारे नेपाल नेपाली दूतावास, म्यानपावर तथा वैदेशिक बिभाग सम्म यो बिसयमा पहल थाल्ने वा जानकारी लिने प्रयास भैरहेको बताएका छन् । नेपाली दूतावास तथा साउदी अरवमा रहेको एनआरएनएले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top