मास्क नलगाउनेलाई सम्झाई बुझाई गर्दा प्रहरीमाथि नै हातपात

२३ भदौ ७७, मंगलबार
Share this
662shares

२३ भदौ, सप्तरी ।
सप्तरीको सुरूङगा नगरपालिका–४ कदमहास्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा खडक नगरपालिका–५ रंजितपुर बस्ने ३० वर्षीय अर्जुन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरीले ज.११ प १८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा साहले मास्क नलगाएकोले सम्झाई बुझाई गर्दा प्रहरीले आमनागरिकलाई रोकी अनावश्यक रूपमा दुःख दिने गरेको भनी विभिन्न किसिमको गालीगलौज गर्नुका साथै प्रहरीलाई हातपात समेत गरेपश्चात मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो ।

साह नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको बुझिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top