रेलको विवादित ठेक्का रद्द गर्ने सरकारकाे निर्णय स्वागतयोग्य : कमल थापा

२३ भदौ ७७, मंगलबार

२३ भदौ, काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले रेलमार्ग निर्माणको विवादित ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन्। उनले मंगलबार ट्विट गर्दै अनियमितता र भ्रष्टाचारका कारण विवादमा परको काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

Advertisement

पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको लागि गरिएको ठेक्का रेलवे विभागले मंगरबार नै सूचना प्रकाशित गरि रद्द गरेपछि थापाको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।

अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्–‘अनियमितता र भ्रष्टाचारको कारण विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागत योग्य छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ।’

Advertisement

थापाले भ्रष्टाचारका अन्य काण्डमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गर्ने अपेक्षासमेत गरेको उल्लेख गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top