नक्कली सुन प्रकरणः थप दुई जना सुन व्यवसायी पक्राउ

२४ भदौ, काठमाडौं । कमलादी काठमाडौंमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा थप दुई सुन व्यवसायी पक्राउ परेका छन् ।

प्रहरीले भदौ १५ गते न्युरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई पक्राउ गरेको हो ।

उनीहरूविरूद्ध पनि प्रहरीले संगठित अपराधको कसूरमा अनुसन्धान अघि बढाएको छ ।

तस्करहरूले आधा किलो सुन लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेका थिए । उपाध्यायले भने अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेका थिए।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार ताम्राकारले भने आधा केजी सुन नेपाल राष्ट्र बैंकबाट किनेका थिए ।

त्यस्तै, उनीहरूले चाँदी भने न्युरोडको सिल्भर स्टेटबाट किनेका थिए । प्रहरीले त्यसको सञ्चालकलाई भने पक्राउ गरेको छैन।

यस प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुगिसकेको एसपी राठौरले बताए।

अहिले उक्त सुन प्रकरणमा दुई जना व्यवसायीसहित ११ जना हिरासतमा छन् ।

हिरासतमा रहेका तस्करहरू इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवान प्रसन्न श्रेष्ठ र उनका घरबेटी उमेश श्रेष्ठ, प्रहरी जवान बहादुरसिंह कडायत र कालिगढ मनिष छन् ।

प्रहरीले यस घटनामा एक ट्याक्सी ड्राइभरलाई समेत पक्राउ गरेको थियो। तर उनको कुनै संलग्नता नदेखिएपछि प्रहरीले छोडेको थियो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top