कैलालीको प्रहरी हिरासतमा रहेका एक युवकले गरे शौचालयमा झुन्डिएर आत्महत्या

कैलालीको प्रहरी हिरासतमा रहेका एक युवकले गरे शौचालयमा झुन्डिएर आत्महत्या

२६ भदौ, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

भदौ २२ गते चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका १९ वर्षीय रोशन बिकले थुनुवा कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

उनलाई सेती प्रादेशिक अस्पताल पु¥याइएपछि डाक्टरले मृत घोषणा गरेका थिए।

रोशनले के कारणले झुन्डिए भन्नेबारे खुलेको छैन ।

पोष्टमार्टम रिपोर्टले केही कारण देखाउन सक्ने र त्यहीअनुसार आवश्यक प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी प्रमुख राणाले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.