नवलपरासी पश्चिमका एक संक्रमित पुरुषको बुटवलमा मृत्यु

२६ भदौ ७७, शुक्रबार

२६ भदौ, बुटवल । बुटवलमा नवलपरासी पश्चिमका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

Advertisement

बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको आज शुक्रबार मृत्यु भएको हो ।

उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

Advertisement

थापाका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेहले पीडित थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि उनलाई १९ गते नै अस्पताल ल्याई पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top