मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

२६ भदौ, विराटनगर ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजेटिभ आएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि बिहीबार पुनः परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको मन्त्री घिमिरेका प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताए ।

मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएसँगै उनी होम आईसोलेसनमा बसेका छन् ।

Scroll to Top