×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

नेकपाको कार्यकारी अध्यक्षमा प्रचण्ड, चैत्रमा महाधिवेशन, एमसीसी पारित गर्ने

२६ भाद्र २०७७

२६ भदौ, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत्र अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । करिब डेढ महिना स्थगित भएपछि आज बसेको बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने निर्णय पनि गरेको छ । यसअघि गत मंसिरमा प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय भएपनि कार्यान्वयनमा समस्या आएकाले त्यसलाई आजको बैठक थप व्यख्या गरेको प्रवक्ता श्रेष्ठले बताए ।

Advertisement
Advertisement

स्थायी समितिको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुनेछन् । प्रवक्ता श्रेष्ठले पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन ओलीले गर्ने बताए । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । सचिवालको र दुई अधयक्षको परामर्श तथा सहमतिमा निर्णय गर्नुपर्ने उनले बताए ।

सरकारले प्रस्तुत गर्ने विधेयकको शैद्धान्तिक पक्षका बारेमा पार्टीको कमिटीहरुमा छलफल गरेर अगाडी बढ्ने निष्कर्षपनि बैठकले निकालेको छ । अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल लगायत १३ जना सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा आएका धारणा र लिखित रुपमा सदस्यहरुले पेश गरेका सुझावहरुलाई समेत प्रस्तावमा समावेश गरी पारित भएको उनले बताए ।

बैठकले नेपाल भारत सीमा समस्या समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई सकारात्मक रुपमा लिँदै अतिक्रमणमा परेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि वार्ताबाट आवश्यक पहल गर्न सुझाव दिएको छ ।

कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गरेका कामहरु सकारात्मक रहेको बैठकले निष्कर्ष निकालेको छ । अझै प्रभावकारी नियन्त्रण र उत्पन्न परिस्थितिको सम्बोधनका लागि राष्ट्रिय एकताका साथ अगाडी बढ्न सरकारलाई बैठकले सुझाव दिएको उनले बताए । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै देखिएका समस्या सम्बोधनमा देखिएका समस्यालाई गम्भिरतापूर्वक लिन पनि सुझाव दिएको छ ।

Advertisement

अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि नेकपाले गरेको छ । झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा संशोधनको प्रकृया छिट्टै अगाडी बढाउने उनले बताए । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि चाहाना राख्ने देखि विदेशी शक्तिहरु असफल भएको बताउनु भएको उनले बताए । यस्तै अर्का अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै एकताको रक्षा गरी बैचारिक र सांगठनिक रुपमा अझै मजवुद बनाएर अगाडी बढाउने दिशामा गएको बताउनुभएको प्रवक्ता श्रेष्ठले बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top