चार सय खानी उत्खनन तथा खोजतलासका लागि अनुमति

२५ भदौ ७७, शुक्रबार

२६ भदाै, काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७६/७७ मा देशभरका ४०७ खानीलाई उत्खनन तथा खोजतलासका लागि अनुमति दिएको छ । खानी तथा भूगर्भ विभागले आव २०७६/७७ मा देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो ।

त्यसमध्ये १४९ लाई उत्खनन र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुईलगायत छन् ।

Advertisement

यस्तै, खोजतलासका लागि चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरे पछिल्लो समय नेपाली खानीप्रति स्वदेशी तथा विदेशी कम्पनीको उत्खनन तथा खोजतलासका लागि चासो बढ्दै गएको बताउँछन् ।

“आव २०७४/७५ र आव २०७५/७६ को तुलनामा आव ०७६/७७ मा नेपाली खानी उत्खनन तथा खोजतलासका लागि आउने कम्पनीको सङ्ख्या बढेको छ”,उनी भन्छन् । आव २०७४/७५ मा १२६ र आव २०७५/७६ मा १२३ खानीलाई उत्खननलाई अनुमति दिइएको थियो । विभागले आव २०७६/७७ मा रु ८४ करोड ७३ लाख ४८ हजार र अघिल्लो आवमा रु ७७ करोड तीन लाख राजश्व आम्दानी गरेको थियो ।रासस

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top