आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भइन् ९६ वर्षीया वृद्धा

बुटवल : रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र को¥यो (कोरोना) हुन्छ।’ उनी कोरोनालाई को¥यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन। न अहिले देखिएको त्रासकै बारेमा जानकारी छ।

सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै बुहारी पनि संक्रमणमा परिन्। तर, कुनै लक्षण देखिएन। ‘हजुरआमा कुनै लक्षण नै नदेखिई कोरोना संक्रमणमुक्त हुनुभयो’, नातिले भने। ती वृद्धाको स्याहारसुसार बुहारीले गरिन्। बुहारी पनि कोरोना पोजिटिभ नै थिइन्। छोराले पकाएर खुवाए।

हजुरआमाको दैनिकी अरू बेलाजस्तै बित्यो। कुनै लक्षण नदेखिएपछि थप औषधिको आवश्यकता देखिएन। खाजा, खाना खुवाउने नियमित प्रक्रियाजस्तै बन्यो। तातो पानी पर्याप्त खुवाइएको नातिले सुनाए। वनस्पतिको रसबाहेक अरू खुवाउनु परेन।

Advertisement

उनले मन्दिर जाने, पूजा गर्ने, नुहाउने, खानेजस्ता नित्यकर्ममै समय बिताइन्। ८४ पूजा गर्दाको मन्दिर घरमै छ। दिउँसो त्यही मन्दिरछेउ गएर बसिन्, साँझ–बिहान घरभित्रै। एक नातिलाई भने ज्वरो आएको थियो। हजुरआमाले सहजै निको भएपछि परिवारका सदस्य दंग छन्। सुरुमा जेठो नातिलाई संक्रमण देखिँदा त्रास थियो। दुई दिनसम्म सय डिग्रीभन्दा बढी ज्वरो आयो। पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमै बसे। पाँच जनाको परिवारमा तीन जना संक्रमित भए, अन्यलाई संक्रमण देखिएन। ‘त्यति धेरै आत्तिइहाल्नुपर्ने अवस्था रहेनछ। तर, सतर्क हुनुपर्छ’, नातिले भने। कोरोनापछि हजुरआमालाई मास्क लगाउन नातिले सिकाए। कोरोनाका विषयमा अरू जानकारी दिएनन्। हजुरआमा निको भएपछि उनीहरूको निष्कर्ष छ, ‘कोरोनाबाट निको हुन आत्मबल चाहिँदो रहेछ।’ त्रासले झन् बढी जोखिम हुने उनीहरूको परिवारको अनुभव छ।

हजुरआमा निको भएपछि गाउँपालिकाका जनप्रतिनिधि घरमै आएर बधाई दिए। स्वास्थ्य मापदण्डअनुसार डिस्चार्जको प्रमाणपत्र थमाए। तर दोस्रो परीक्षण सरकारीस्तरबाट नभएपछि उनीहरूले निजी क्लिनिकबाट गराए। १७ दिनमा रिपोर्ट नेगेटिभ आयो।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top