विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योग कारबाहीमा

२६ भदौ ७७, शनिबार

२७ भाद्र, काठमाडौं ।
विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ ।

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर मा विषाक्त मिथानोल रहेको पाइएको हो ।

ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ । यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको हो । यो कम्पनीलाई विभागले यसअघि नै बन्द गरिसकेको छ ।

विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो ।

हामीले स्यानिटाइजरको मापदण्ड तयार गरेर कम्पनीहरुलाई विभागमा दर्ता गर्न आउन भनेर सूचीकृत गरेका थियौं, केसीले भने, केहीले विभागमा दर्ता भएर र केहीले घरेलु तथा साना उद्योग कार्यालयमा भएर उत्पादन गरिरहेका थिए । उत्पादन कस्तो भइरहेको छ भनेर हामीले ल्याबमा परीक्षण गर्दा आधा मापदण्डविपरफत भएको पायौं ।

असोजभित्र सबै औषधि उद्योगहरुलाई मापदण्डमा ल्याइसक्ने उनले बताए । विभागले तोकेको मापदण्डमा स्यानिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइन्न । केसीले भने, हामीले इथानोल प्रयोग गर्न भनेका थियौं तर मिथानोल प्रयोग भएको पाइयो ।

क्षणिक नाफाका लागि उद्योगहरुले मिथानोल प्रयोग गरेको स्यानिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने विभागले जनाएको छ । कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले बताएको छ ।

ती उद्योगहरुलाई औषधि ऐन, उपभोक्ता हित संरक्षणा ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत कारबाही गरिने केसीले बताए । ह्यान्ड स्यानिटाइजर उत्पादन गर्न चाहिने इथानोल खरिदका लागि विभागले सिफारिस दिने गरेको छ । यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको पाइएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top