×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

नेपालका २१ हिमताल फुट्ने संघारमा, सतर्कताको खाँचो

२७ भाद्र २०७७

२७ भदौ, काठमाडौँ ।
नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फुट्ने खतरा रहेको देखाएको हो ।

जलवायु परिवर्तनको कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरुको आग्रह छ । शून्य दशमलव ०२ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ वटा तालहरु जोखिममा रहेको इसिमोडका वरिष्ठ जलवायु विज्ञ डा. अरुण श्रेष्ठले बताए । त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल खतरामा रहेका छन् ।

Advertisement
Advertisement

प्रतिवेदनले नेपाल बाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमतालहरुलाई खतराको सूचीमा रखेको छ । नेपालमा सबैभन्दा बढी कोशी बेसिन तथा तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ । तिब्बत क्षेत्रमा २५ र भारतमा १ वटा हिमताल यस्तो खतरामा रहेका छन । कहिले फुट्न सक्छन् भनेर मिति तोक्ने सक्ने अवस्था नभएपनि तालको बनावट, पानीको आयतन, वरिपरिको संरचना र तटिय क्षेत्रमा रहेका बस्ती तथा संरचनाहरु जोखिममा रहेको सतर्क रहन उनले आग्रह गरे ।

जोखिम न्यूनिकरणका लागि नेपालको तर्फबाट धेरै कामहरु भएको उनको भनाई छ । जोखिम न्यूनिकरणको पहिलो पाइला स्वरुप अहिलेको रिपोर्ट सार्वजनिक भएको उल्लेख गर्दै उनले अब स्थलगत अध्ययन गरी रिपोर्टलाई थप परिस्कृत गर्नुपर्ने बताए । अहिलेको अध्ययन भू—उपग्रहले खिचेको तस्वीरहरुको विश्लेषण हो । विगतमा च्छो रोल्पा र इम्दा हिमतालमा जल सतह घटाउने काम समेत भएको उनले बताए । जलवायु परिवर्तनसँग यसको सम्बन्ध भएकाले आगामी दिनमा जोखिम झन बढ्दै जाने उनले बताए । अब पानीको सतह कम गर्दै पूर्व सूचना प्रणालीको विकास गर्नुपर्ने उनको भनाई छ ।

 

Advertisement

तालहरूको प्राकृतिक बाँध, स्रोत हिमतालको गतिविधि तथा वरिपरिको अवस्थाको अध्ययन गरी फुट्ने खतरा देखिएको हो । मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई अध्ययन नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । हिमतालहरु फुटेमा पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र यसले बाढीको खतरा निम्त्याउने उल्ल्ेख गरिएको छ । नेपालको जलविद्युत क्षेत्रमा पनि यसले असर गर्ने सम्भावना रहेको उनले बताए । अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली बेसिनमा ३,६२४ वटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये २,०७० वटा नेपाल, १,५०९ वटा तिब्बत र ४५ वटा भारतमा पाइएका छन् ।

भर्खरको समाचार

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top