ग्याँस सिलिण्डर पड्किँदा यूएईमा एक नेपालीको मृत्यु

२८ भदौ ७७, आइतबार

२८ भदौ,दोहा ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । अबुधाबीस्थित एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर सिलिण्डर पड्किँदा गोरखाका सरन कुँवरको मृत्यु भएको हो ।

Advertisement

घटनामा कुँवरको सहित पाँच जनाको ज्यान गएको जनाइएको छ । दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रीलंकाका नागरिकको मृत्यु भएको सम्बन्धित देशका दूतावासहरुले बिज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भैरहेकोले आवश्यक कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाइने यूएइस्थित नेपाली दूतावासले जनाएको छ । मृतक कुँवर दुई वर्षदेखि यूएइमा कार्यरत थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top