×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

१९ बैशाख २०७५

काठमाडौँ, १९ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गरिन् ।

तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक आयोजित सो सम्मेलनमा सिँचाइमार्फत कृषि उत्पादन कसरी वृद्धि गरी गरिबी निवारणमा योगदान पु¥याउने भन्ने रहेको छ ।

Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालय र सिंँचाइ तथा जल विकास नियोगद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको नारा ‘हरित क्रान्तिका लागि सिँचाइ’ भन्ने रहेको छ । जलस्रोतका क्षेत्रका काम गर्ने सो नियोग विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । नेपालले सो संस्थाको सदस्यता सन् १९७३ मा लिएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाहमुखी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण गर्नुपर्ने खाँचो आँैल्याइन् । उनले भनिन्, “कृषि उत्पादन बढाउन दिगो सिँंचाइ प्रणाली आवश्यक पर्छ, अबको योजना कृषि र सिँचाइलाई अलगअलग रुपमा नभई समन्वयात्मक रुपमा अगाडि बढाउनुपर्छ ।”

जथाभावी रुपमा जमिन खण्डीकरण गर्ने प्रवृत्तिलाई रोक्न, चुरे क्षेत्रलाई थप संरक्षण गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्दै कृषि, वन, वागवानी र सिँचाइ नै नेपालका विकास र समृद्धिका आधार हुन् भनिन् । उनले व्यवस्थित सिँचाइ बिना दिगो विकास सम्भव नहुने चर्चा गर्दै जलवायु परिवर्तनका असर जलस्रोत र कृषिका क्षेत्रमा कसरी कम पर्न दिन सकिन्छ भनेर थप अध्ययन अनुसन्धानमा ध्यान दिन आग्रहसमेत गरिन् ।

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्री वर्षमान पुनले आर्थिक समृद्धिका लागि नेपाल सरकारले ऊर्जा, जलस्रोत र सिँचाइ तीन क्षेत्रमा विशेष ध्यान दिएको बताइन् । उनले तीनै तहको राजनीतिक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थायित्वका साथ अगाढि बढिरहेको चर्चा गर्दै वर्षभरि सिँचाइ हुने नयाँ प्रविधि, ऊर्जामा नयाँ नयाँ लगानीमा सरकारले जोड दिइराखेको छ भनिन् ।

नियोगका अध्यक्ष फेलिक्स राइन्डर्सले नेपालको जलस्रोत नै आर्थिक विकासको आधार हुने हुँदा पानीको अधिकतम सदुपयोगका ध्यान दिन सुझाव दिइन् ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले सिँचाइ तथा जल व्यवस्थापनमा थप विकास गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिइन् ।
रासस

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top