कोभिडका कारण अन्य रोगका विरामीले उपचार पाएनन्

२७ भदौ ७७, आइतबार

२८ भदौ, काठमाडौँ ।
सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । कोरोना संक्रमणको दर बढेसँगै सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको चाप पनि बढ्दै गएको छ । कोभिडका विरामीहरुको उपचारले अस्पतालहरुमा प्राथमिकता पाएपछि अन्य रोगका विरामीहरुको उपचारमा भने समस्या भएको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले आज त्रिवि शिक्षण अस्पतालमा गरेको अनुगमनले अन्य रोगका विरामीहरु उपचार सेवाबाट बञ्चित भएको पाइएको हो । हिजो आज अस्पतालमा कोभिडका लक्षण भएका विरामीहरुको संख्या बढी भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताए । जनशक्तिको अभाव र व्यवस्थापकिय प्रवन्धका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको उनले बताए । लक्षणसहितका विरामी बढी हुँदा अक्सिजन, भेन्टिलेटर लगायतका अन्य सपोर्टहरु बढी चाहिने गरेको उनको भनाई छ । संक्रमणको डरले समेत अन्य रोगका विरामीहरु उपचारका लागि कम मात्रामा अस्पताल आउने गरेका छन । उनले कुनै संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनमा पनि समस्या देखिएको बताए ।

Advertisement

 

शिक्षण अस्पतालमा आत्महत्या, दुर्घटनामा निधन भएका लगायत अन्य पोष्टमार्टन गर्नुपर्ने केसहरु समेत आउने गरेका छन् । सरकारी र बढी सेवा सुविधा पाइने कारण आम सर्वसाधारणको रोजाइ बन्ने गरेको शिक्षण अस्पतालमा अहिले सेवाग्राहीको संख्या कम हुँदा आयस्रोत पनि खस्किँदै गएको छ । गत महिनासम्म अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई समयमै तलब खुवाइएको भएपनि यो महिना देखि समस्या हुने डा. काफ्लेले बताए । सरकारले कोभिडको उपचारमा खटिनेहरुलाई दिने भनेको प्रोत्साहन भत्ता पनि अहिलेसम्म स्वास्थ्यकर्मीहरुले पाउन सकेका छैनन् ।

Advertisement

अनुगमन पछि उपसमिति संयोजक जीवनराम श्रेष्ठले कोभिडका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको जानकारी आफुहरुले पाएको बताए । कोभिड संक्रमित र अन्य विरामीहरुको एउटै अस्पतालमा उपचार गराउँदा जोखिम अझ बढी हुनेभएकाले उचित व्यवस्थापनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनले बताए । विशेष परिस्थितिको व्यवस्थापन गर्दै अस्पतालको आयस्रोत पनि खस्किँदै गएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

शिक्षण अस्पतालमा अन्य रोगका विरामीहरुको संख्या न्यून हुँदा मेडिकल शिक्षाका विभिन्न विधा पढ्दै गरेका विद्यार्थीहरुको पढाइमा समेत समस्या देखिएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top